कानून विपरीत मिटर ब्याजमा पैसा दिएर ब्याज असुल नगर्न/नगराउन गृह मन्त्रालयको आग्रह

काठमाडौं । गृह मन्त्रालयले कानून विपरीतका मिटर व्याजमा पैसा दिएर ब्याज असुल गर्ने लगायतका क्रियाकलाप नगर्न आग्रह गरेको छ ।

मन्त्रालयले शुक्रवार एक विज्ञप्ति जारी गर्दै मिटर ब्याजसम्बन्धी प्रकाशित समाचारप्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाउँदै यस्तो आग्रह गरेको हो ।

मन्त्रालयले त्यस्ता गतिविधि भएको कुनै सूचना पाएमा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउन अनुरोधसमेत गरेको छ।

पछिल्लो समयमा विभिन्न पत्रपत्रिका, सञ्चार माध्यम, सामाजिक सञ्जालमा प्रकाशित मिटर ब्याजसम्बन्धी समाचारप्रति गृह मन्त्रालयको ध्यानाकर्षण भएको मन्त्रालयका प्रवक्तासमेत रहेका सहसचिव फणीन्द्रमणि पोखरेलले जानकारी दिए ।

उनका अनुसार मिटर ब्याजमा रकम उपलब्ध गराउने र त्यसबापत कानूनविपरीत ठूलो रकम ब्याज असुल गर्ने, सम्पत्ति कब्जा गर्ने, यौन शोषण गर्ने एवं शारीरिक र मानसिक रूपमा यातना दिने लगायत प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *