कैलाली । कैलालीको घोडाघोडी नगरपालिका ९ स्थित गोदनीमा विद्यालय भवन निर्माणका लागि शिलान्यास गरिएको छ। आज एक कार्यक्रम बिच सङ्गीतकार तथा गायक हेम राज थापा (बाबु राजा) ले शिलान्यास गरेका हुन् ।
एनआरएनए स्विटजरल्याण्डको एक एनसीसी एक परियोजना अन्तर्गत कैलालीको घोडाघोडी ९मा विद्यालय भवन निर्माणका लागि शिलान्यास गिरिएको हो । यहाँको मोहन्याल आधारभूत विद्यालयमा भवन निर्माण गर्न लागिएको सहयोग नेपालका अध्यक्ष प्रकाश मिश्रले जानकारी दिए ।
‘यहाँ भवनको अभाव देखेर हामीले भवन बनाउने निर्णय गरेका हौँ’ मिश्रले भने ‘विद्यालय भवननिर्माण भए निकै सहज हुने अपेक्षा गरेका छौँ ।’
उनका अनुसार करिब ५ लाख बढी रकममा यहाँ हल निर्माण हुने भएको छ । मोहन्याल आधारभूत विद्यालयमा आवश्यक भवन नहुँदा अभिभावक विद्यार्थीहरू मारमा परेका छन् । दातृ निकायको सहयोगमा भवन निर्माण हुन लागेपछि स्थानीय पनि हर्षित भएका छन् ।
स्थानीय दिलीप विष्टले आफ्ना बालबालिकाहरूलाई ठुलो राहत हुने बताए ।
‘यहाँ बालबालिकाको लागि एउटा भवन बन्ने कुराले हामी निकै हर्षित भएका छौँ’ उनले भने ‘अब हाम्रा बालबालिकाहरूले राम्रो भवनमा अध्ययन गर्न पाउने भए ।’
सहयोग नेपालका अध्यक्ष मिश्रले अहिले घोडाघोडीमा सयौँ विद्यार्थीलाई अध्यापन समेत गराइरहेका छन् । उनले यस अघि गरिब र विपन्न वर्गका नागरिकहरूको घर निर्माण देखि बालबालिकाहरूका लागि शैक्षिक सामाग्री गराइरहेका छन् ।

Leave a Reply