पोखरा । पर्वतको जिल्ला समन्वय समितिमा नेकपा एमाले र सत्ता गठबन्धनबीच बराबरी मतभार भएपछि गोला प्रक्रियाबाट दलहरूले भागबण्डा गरेका छन् ।
जिसस गठनका लागि एमालेको ७ र गठबन्धनको ७ मत रहेको थियो । दुवै पक्षले प्रमुख पदमा दावी गरेपछि गोला प्रक्रियामा जाँदा एमालेले प्रमुख पाएको छ भने गठबन्धनबाट माओवादीबाट उपप्रमुख पाएको छ ।
दलहरूबीच सहमति गरेर ३ सदस्य एमाले र ४ सदस्य गठबन्धनले लिएका छन् । एमालेबाट जिसस प्रमुखमा विष्णुराम विकले उम्मेदवारी दिएका छन् भने गठबन्धनबाट उपप्रमुखमा सोम जिसीले दिएका छन् ।

Leave a Reply