तालिबानद्वारा फेसन मोडल गिरफ्तार

काठमाडौं । सैन्य विद्रोह गरेर हाल अफगानिस्तानमा शासन गरिरहेको तालिबान समूहले हालै मात्र इस्लाम धर्म र कुरानको अपमान गरेको भन्दै एक फेसन मोडल र उनका तीनजना सहयोगीलाई पक्राउ गरेको छ ।

पक्राउ परेका मोडल अजमल हकिकीको केही समय अगाडि एउटा भिडिओ भाइरल बनेको थियो । हकिकी पहिला देखिनै प्रष्ट बोल्न सक्दैनन् । उनले आफ्नो बोल्ने शैलीलाई दर्शक हसाउँने माध्यमको रुपमा प्रयोग गर्दै आएका थिए ।

उनको हालै भाइरल बनेको भिडिओमा उनले व्यङगात्मक शैलीमा कुरानको वाक्यशं पढेका थिए उनलाई सोही भिडिओमा इस्लाम र कुरानको अपमान गरिएको भन्दै तालिबानले उनी र उनका सहयोगीहरुलाई पक्राउ गरेको हो ।

तलिबानले अफगानिस्तानमा शासन सुरु गरे देखिनै तालिबानमा मानव अधिकार संकटमा परेको जनाइन्छ भने हकिकीको गिरफ्तारी पछिपनि एमनेस्टी इण्टरनेशनल लगायतका मानव अधिकार संगठनहरुले तालिबानको उक्त कदमको खण्डन गर्दै उनलाई रिहाई गर्नु पर्ने माग अघि सरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *