सरकारी गाडी रोक्न खोजेपछि युवा संघका कार्यकर्ताहरूमाथि लाठी चार्ज

काठमाडौं । इम्बोस्ड नम्बर प्लेटको विरोधमा रहेका युवा संघ नेपालका कार्यकर्ताहरूले सरकारी गाडी रोक्न खोजेपछि प्रहरीले लाठीचार्ज गरेको छ ।

नयाँ बानेश्वरस्थित एभरेस्ट होटेल अगाडि प्रदर्शनमा रहेका संघका कार्यकर्ताहरूले सरकारी गाडी रोक्न खोजेपछि झडपको अवस्था आएको हो । प्रहरीले लाठी चार्ज गरेपछि युवा संघका कार्यकर्ताहरूले ढुंगामुडा प्रहार गरेका थिए ।

सवारीसाधनको इम्बोस्ड नम्बर प्लेट जडानमा सर्वसाधारणलाई अस्वाभाविक दबाब दिएको भन्दै प्रदर्शन गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *