काठमाडौं । काठमाडौंको हात्तीसारस्थित एक रेस्टुरेन्टमा कार्यरत महिला कामदारलाई बलात्कार गरेको आरोपमा पुरुष सहकर्मी पक्राउ परेका छन् ।
पीडितको जाहेरीपछि नेपाल हाउस रेस्टुरेन्टमा वेटरका रूपमा काम गर्दै आएका दोलखाका २० वर्षीय जीवन फुयाल खत्रीलाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रवक्ता दिनेश मैनालीले जानकारी दिए ।
पक्राउ परेका फुयाललाई काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान सुरू गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply