काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले पार्टीको तर्फबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुलाई प्रशिक्षण तथा अभिमुखीकरण तालिम दिने भएको छ ।
एमालेको केन्द्रीय पार्टी स्कुल विभागको तर्फबाट दिइने प्रशिक्षणमा पालिका प्रमुख तथा उपप्रमुखहरु सहभागी हुने महासचिव शंकर पोखरेलले जनाएका छन् ।
असार २ गते काठमाडौं पुग्नेगरी देशैभरका जनप्रतिनिधिलाई पठाउन केन्द्रीय कार्यालयले सम्बन्धित जिल्ला कमिटीहरुलाई सर्कुलर पठाएको छ । जनप्रतिनिधिहरुलाई वर्तमान राजनीतिक परिस्थितिका साथै स्थानीय तहका अधिकार, कार्यक्षेत्र, जनप्रतिनिधि र पार्टीबीचको सम्बन्धलगायतका विषयमा प्रशिक्षण दिइने एमालेले जनाएको छ ।


Leave a Reply