सुर्खेत जिससका लागि कांग्रेसद्वारा ५ पदमा मात्र उम्मेदवारी

सुर्खेत । जिल्ला समन्वय समिति सुर्खेतका लागि नेपाली कांग्रेसबाट प्रमुखसहित पाँचजनाको उम्मेदवारी परेको छ ।

यहाँ नेकपा एमाले र माओवादी केन्द्रले तालमेल गरेर मनोनयन दर्ता गराइसकेका छन् । कांग्रेसबाट प्रमुखमा वीरेन्द्रनगर ७ का दीलिपकुमार वाग्ले, सदस्यहरूमा उजिरसिंह कामी, रत्नादेवी ढुंगाना, लीलाजंग शाह र गौरी दमाईले मनोनयन दर्ता गरेका हुन् ।

‘हामीले केन्द्र, प्रदेश र जिल्लाको गठबन्धनको मुल मर्मका आधारमा पाँच पदमा उम्मेदवारी दिएका हौं ’, कांग्रेस सुर्खेतका सचिव देवकुमार सुवेदीले भने, ‘बाँकी माओवादीलाई छोडेका छौं ।’

कर्णालीका जिल्लामा भागबण्डा गर्ने प्रदेशस्तरीय सत्ता गठबन्धनले निर्णय गरेका थिए ।

यसअघि माओवादी र एमालेबाट प्रमुखमा एमालेका गंगाराम सुनार, उपप्रमुखमा माओवादीका सचिनकुमार बडुवालले उम्मेदवारी दर्ता गराएका थिए ।

यता, नेकपा एमालेबाटै उपप्रमुखमा टीका घलेले समेत बागी उम्मेदवारी दर्ता गराएकी छिन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *