रामचन्द्र पौडेलकी छोरी आफ्नै घरको चौथो तल्लाबाट खसेर गम्भीर घाइते

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल गम्भीर घाइते भएकी छिन् ।

आफ्नै घरको चौथो तलाबाट खसेर गम्भीर घाइते भएकी पोखरेलको राष्ट्रिय ट्रमा सेन्टरको आइसीयुमा उपचार भइरहेको छ । उनी नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको सदस्यसमेत हुन् ।

पोखरेलको दायाँ गोडा, दायाँ हात र कम्मरको हड्डी भाँच्चिएको छ भने मुहारमा पनि चोटपटक लागेको छ ।

नेता पौडेलले आज बिहानै अस्पताल पुगी उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

चिकित्सकका अनुसार पोखरेललाई ‘मल्टिपल इन्जुरी’ देखिएकोले अझै केही समय आइसीयुमै राखेर उपचार गरिनेछ ।

Comments

2 responses to “रामचन्द्र पौडेलकी छोरी आफ्नै घरको चौथो तल्लाबाट खसेर गम्भीर घाइते”

  1. Ramesh thapa Avatar
    Ramesh thapa

    आफ्नै वनस्थली रहेको घरको चार तलामाथिबाट खसेर घाइते भएकि राम चन्द्र पौडेल को छोरी संज्ञा पोखरेलको काठमाडौं स्थित ट्रमा सेन्टरमा उपचार भई रहेको छ।
    सरकारले वहाँको उपचार मा कमी हुन नदिने र स्रोतका अनुसार संज्ञा पोखरेलको सम्पूर्ण उपचार खर्च नेपाल सरकारले बेहोर्ने भएको छ।

    1. झाङ्क्रीको भिनाजु Avatar
      झाङ्क्रीको भिनाजु

      नेताकै छोरी भएको कारणले ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *