बन्चरेडाँडामा अवरोध गर्ने १४ जना पक्राउ, फोहोर व्यवस्थापन सुरू

काठमाडौं । उपत्यकामा थुप्रिएको फोहोर विसर्जनको लागि बञ्चरेडाँडा पुर्‍याइएका काठमाडौं महानगरका गाडी स्थानीयले अवरोध गरेका छन् । फोहोर बोकेका गाडी रोक्न खोजेपछि प्रहरीले सघर्ष समितिका संयोजकसहित १४ जनालाई पक्राउ गरेको छ ।

नुवाकोट प्रहरी प्रमुख रामप्रकाश शाहले फोहोर व्यवस्थापनमा अवरोध गर्नेहरूलाई पक्राउ गरिएको नेपाल प्रेसलाई बताए । ‘१४ जनालाई नियन्त्रणमा लिएपछि अहिले अवरोध क्लियर भएको छ । फोहोर व्यवस्थापन पनि सुरू भइसक्यो’, एसपी शाहले भने ।

सोमबार सम्बन्धित स्थानीय तहसमेतको सहमतिमा आजबाट फोहोर उठाउन थालिएको थियो । सोही सहमतिअनुसार बन्चरेडाँडामा फोहोर पठाइएको थियो ।

सहमतिबारे आफूहरूलाई थाहा नभएको, काठमाडौंमै बसेर कुरा मिलाइएको भन्दै स्थानीय फोहोरको गाडी अवरोध गरेका हुन् ।

Comments

One response to “बन्चरेडाँडामा अवरोध गर्ने १४ जना पक्राउ, फोहोर व्यवस्थापन सुरू”

  1. कृष्ण सारु मगर Avatar
    कृष्ण सारु मगर

    स्वतन्त्र उम्मेदवार बालेन शाहको सफलता प्रति आरिस डाह गर्ने राजनैतिक कार्यमा अवरुद्ध गरि बदनाम गराउने नियतले तिनकै भरौटे झोले हरुले हुन् ।जे गरे प्रहरी प्रशासनले ठीक गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *