काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार राति क्यासिनोहरुमा एकसाथ छापा मारेको छ ।
तीमध्ये तीनवटा क्यासिनोमा नेपालीहरु खेलिरहेको भेटिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता कृष्ण कोइरालाले जानकारी दिए ।
अलफ्ट, मेरियट र हायात होटलको क्यासिनोबाट ७ जना नेपालीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । कोइरालाका अनुसार उनीहरु क्यासिनोमा खेलिरहेका बेला पक्राउ परेका हुन् ।
नेपालका क्यासिनोमा नेपालीलाई प्रवेश निषेध छ ।

Leave a Reply