सिसडोलमा फोहोर फाल्न दिएनन् स्थानीयले, काठमाडौंमा भएको सहमति नमान्ने

काठमाडौं । हिजो काठमाडौंमा भएको सहमति नमान्ने भन्दै नुवाकोट सिसडोलका स्थानीयले फोहोर फाल्न रोकेका छन् । सहमतिअनुसार आज बिहान काठमाडौंबाट डम्पिङका लागि लगिएको फोहोरका गाडीलाई स्थानीयले रोकेका हुन् ।

हिजो सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको रोहबरमा भएको जनप्रतिनिधिहरुबीचको वार्तामा काठमाडौं महानगर, ललितपुर, ककनी, धुलिबेसी र गोकर्णेश्वरका जनप्रतिनिधिबीच आजदेखि फोहोर उठाउने सहमति भएको थियो ।

वार्तामा स्थानीय जनप्रतिनिधि विभिन्न मागहरू क्रमिकरुपमा पूरा गर्ने काठमाडौं महानगरले प्रतिबद्धता जनाएको थियो ।

शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका तर्फबाट विभिन्न प्रतिवद्धतासहितको सहमतिपत्रमा हस्ताक्षर गरिएको थियो । उक्त सहमतिअनुसार महानगरपालिकाकाले प्रभावित क्षेत्रका वासिन्दाको स्वास्थ्य बीमा एक हप्तामा सुरु गर्नेछ ।

Comments

3 responses to “सिसडोलमा फोहोर फाल्न दिएनन् स्थानीयले, काठमाडौंमा भएको सहमति नमान्ने”

  1. पुष्कर कडेल Avatar
    पुष्कर कडेल

    काठमाडौं महानगरको निर्वाचनमा अमुक दललाई हराउन गएको ६ महिनादेखि फोहोरमाथि राजनीति गरियो अहिले त्यही राजनीतिले तिनलाई अप्ठ्यारोमा पारेको छ। फोहोर देखाएर चुनाव त जितियो अब फोहोर थन्क्याउने कसरी? किनभने स्थानीयवासीहरूलाई अराजक बनाउन सिकाउने यिनै हुन।

    अब त We for Balen, Balen for us भन्ने नाराले प्राथमिकता पाएको छ। अतिले खति गर्छ। अहिल त्यो अति बालेनको हाई-हाईमा छ। के यो नारा बञ्चरे डाँडा वरिपरिका बासिन्दाले लगाउलान र!

    हामीले बुझ्नुपर्छ, लक्ष्य गोप्य राखेर अर्को फोहोरी राजनीति सुरु गर्ने रणनीति बनाईंदैछ। आज बालेन हाई-हाई भन्नेहरू भोलि बालेन बाई-बाई भन्ने ठाउँमा पुग्नेछन्। किनभने उनीहरू विभिन्न आन्तरिक तथा बाह्य शक्ति केन्द्रहरूबाट प्रायोजित रूपमा परिचालित भइरहेका छन्। विवेक प्रयोग गरौं अनि सत्य तथ्य जनतालाई बुझाउने गरी मिडियाको प्रयोग गर्ने बानी पनि बसालौं।

  2. भीम काेईराला Avatar

    बालेन हाईहाई गर्नेले सिसडोल बासिन्दा काे समस्याकाे समाधान गरे भैगाे नि !

  3. pradip timelsena Avatar
    pradip timelsena

    चुनाब पहिला पनि यहि राजनीति थियो अहिले पनि यहि त्यहाका जनता लाइ दिर्घकालिन बेबस्थापन चाहियको छ राज्य ले तेही गर्नु पर्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *