काठमाडौं । काठमाडौंको टेकुस्थित कनक पेट्रोल पम्पमा विस्फोट हुँदा दुई जना घाइते भएका छन् ।
उनीहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको काठमाडौं प्रहरी प्रवक्ता दिनेश मैनालीले जानकारी दिए ।
पम्पमा रहेको सिलिन्डर विस्फोट भएको प्रारम्भिक जानकारी आएको मैनालीले बताए ।
‘वेल्डिङको काम गरिरहेका दुई जना विस्फोटमा परि घाइते भएको बुझिएको छ। अरू अनुसन्धान भइरहेको छ’, उनले भने ।
इन्धन राख्ने ट्याङ्कीमा वेल्डिङ गरिरहेका बेला ग्याँस विस्फोट भएको थियो ।
घाइते हुनेहरुमा पर्साको जगन्नाथपुर- ०३ का किशोरी शाह र दिपककुमार शाह रहेका छन् ।
किशोरीको बायाँ खुट्टा जलेर फ्याक्चर भएको छ। भने, दाहिने खुट्टा,अनुहार दुबै हात र छाती जलेको अवस्थामा रहेको छ ।
यस्तै दिपकको बायाँ गालामा हल्का पोलेको प्रहरीले जनाएको छ ।

Leave a Reply