काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले आफ्नो मन्त्रीहरू हेरफेर गरेको छ । मन्त्रीहरूले प्रेमबहादुर आले, रामकुमारी झाँक्री, विरोध खतिवडा र किसान श्रेष्ठलाई फिर्ता बोलाउँदै उनीहरूको ठाउँमा नयाँ मन्त्रीको नाम सिफारिस भएको छ ।
समाजवादी अध्यक्ष माधव कुमार नेपालले मेटमणि चौधरी, शेरबहादुर कुँवर, जीवनराम श्रेष्ठ र हिराचन्द्र केसीलाई मन्त्री बनाउन प्रधानमन्त्री समक्ष सिफारिस गरेका हुन् ।
सिफारिस भएका मध्ये शेरबहादुर कुँवर गैर सांसद हुन् । सुदूरपश्चिमबाट राष्ट्रियसभा सदस्य रहेका उनको कार्यकाल गत फागुन मै सकिएको हो ।
यसअघि देउवा सरकारका कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा गोविन्द बन्दीलाई मन्त्री बनाइएको थियो । उनी पनि गैर सांसद हुन बन्दी पनि नेकपा एस निकट मानिन्छन् ।
अध्यक्ष नेपालले ६ महिनामा मन्त्रिमण्डल हेरफेर गर्ने पार्टीको सहमतिअनुसार नै फेरबदल भएको बताएका छन् । तर गैरसांसद व्यक्तिलाई मन्त्री बनाउने बाध्यता नेकपा एसलाई किन पर्यो भन्ने उनले खुलाएनन् ।

Leave a Reply