पर्वतारोहण संघको निर्वाचन- आरोही माया शेर्पाको नेतृत्वमा अध्यक्षबाहेक स्वतन्त्र प्यानल घोषणा

काठमाडौं । साहसी आरोही माया शेर्पाले आसन्न नेपाल पर्वतारोहण संघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षसहित आफ्नो प्यानलको उम्मेदवारी घोषणा गरेकी छन् ।

यही जेठ २७ र २८ मा पर्वतारोहण संघको चुनाव हुँदै छ । शेर्पा पर्यटन व्यवसायी संघ नेपालको तर्फबाट शनिवार राजनीतिक दलभन्दा मुक्त उम्मेदवारहरूको स्वतन्त्र प्यानल घोषणा गर्दै माया शेर्पालाई वरिष्ठ उपाध्यक्षमा अघि सारेको हो ।

अध्यक्षमा भने पनि शेर्पा पर्यटन व्यवसायी संघले उम्मेदवार हेरेर कसलाई समर्थन गर्ने भन्ने निर्णय लिने जनाएको छ । नेपालको पर्यटन क्षेत्रको विकासका नाममा खुलेका प्राय संघसस्थाहरु राजनीतिक पार्टीका मातृ संगठन जस्तो बनिरहेको भन्दै पर्यटन क्षेत्रका मुख्य स्टेक होल्डर मानिने शेर्पा समुदायले यस पटक स्वतन्त्र प्यानल खडा गरेका हुन् ।

राजनीतिमा लागेका व्यक्तिहरूले संघ संस्थालाई धराशायी बनाइरहेकाले स्वतन्त्र व्यवसायीलाई अघि सारिएको संघका अध्यक्ष सोनाम जी शेर्पाले बताए ।

शेर्पा पर्यटन व्यवसायीहरूको भेलाले पर्वतारोहण संघलाई राजनीतिमुक्त गर्न सगरमाथा आरोही प्रख्यात महिला माया शेर्पालाई वरिष्ठ उपाध्यक्षको रूपमा अगाडि सारेको छ भने आरोही, तथा व्यवसायी नुरु जाङ्बु शेर्पा लाई प्रथम उपाध्यक्षमा अघि सारेको छ ।

त्यस्तै टानका पूर्व महासचिव एब बौद्धिक व्यक्तित्व आङ पेम्बा शेर्पालाई महासचिव, हालका कार्यसमिति सदस्य तथा सफल व्यवसायी वाङ्चु शेर्पालाई सचिवमा उम्मेदवार बनाउने निर्णय भएको संघले जनाएको छ ।

त्यस्तै हिमालयन ट्रेजर टेकिङ र हिमालयन पानोरामा टुर्स सञ्चालन गर्दै आई रहेका नाटा कार्यसमितिमा समेत नेतृत्व गरिसकेका फुरी गेल्जेन शेर्पा कोशाध्यक्षको उम्मेदवार बनेका छन्।

महासचिवका प्रस्तावित उम्मेदवार आङपेम्बा शेर्पाले समावेशी ढंगले संघको नेतृत्व चयनमा आफूहरू लाग्ने बताए । उनले राजनीतिमुक्त एनएमए बनाउने उद्देश्यबाट आफूहरू सङ्गठित भएको बताए ।

शेर्पा पर्यटन व्यवसायी संघको प्रस्तावित प्यानल यस्तो छ

अध्यक्षः सक्षम व्यक्तिलाई समर्थन गर्ने

वरिष्ठ उपाध्यक्ष : माया शेर्पा (पर्वतारोही)

प्रथम उपाध्यक्ष : नुरू जाङबु शेर्पा

द्वितीय उपाध्यक्ष : ङिमा गोम्बु शेर्पा (पर्वतारोही)

महासचिवः आङ पेम्वा शेर्पा

सचिवः वाङ्चु शेर्पा

कोषाध्याक्षः फुरि गेल्जेन शेर्पा

सदस्यहरुः

पेम्बा शेर्पा (संखुवासभा)

कान्छा नुर्बु शेर्पा (सोलुखुम्बु)

पासाङ शेर्पा (ओखलढुंगा)

दावा शेर्पा (ताप्लेजुङ्)

पासाङ शेर्पा (रामेछाप)

ल्हाक्पा देण्डी शेर्पा (सोलुखुम्बु)

दावा याङ्जुम शेर्पा (महिला पर्वतारोही)

सानु शेर्पा (संखुवासभा)

दावा फुरी शेर्पा (ताप्लेजुङ्ग)

आफूहरू चाँडै प्यानल र घोषणापत्र सहित चुनावी मैदानमा आउने सचिव उम्मेदवार वाङ्चु शेर्पाले जानकारी दिए ।

Comments

2 responses to “पर्वतारोहण संघको निर्वाचन- आरोही माया शेर्पाको नेतृत्वमा अध्यक्षबाहेक स्वतन्त्र प्यानल घोषणा”

  1. Great Panorama Treks Avatar

    सबैलाई जितको अग्रिम शुभकामना सकेसम्म फुरि ग्याल्जेन शेर्पा लाई अध्यक्ष बनाउनुपर्छ उहाँमा क्षमता छ.

  2. Great Panorama Treks Avatar

    Alreday 2 years and now new Team are coming soon.

Leave a Reply

Your email address will not be published. Required fields are marked *