वडाअध्यक्ष रिजाल भन्छन्- फोहोर व्यवस्थापनको काम वडाअध्यक्षको होइन, मेयर नेतृत्वको कमिटीको हो

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालले फोहोर व्यवस्थापनको काम वडाध्यक्षहरूको नभएको बताएका छन् ।

महानगरको पहिलो कार्यपालिका बैठकबाट नै मेयर बालेन्द्र साहसँग चर्काचर्की परेपछि सामाजिक सञ्जालमा आलोचित बनेका अध्यक्ष रिजालले फोहोर व्यवस्थापनको जिम्मा मेयर नेतृत्वको कमिटीको भएको बताएका हुन् ।

रिजालकै कार्यकक्षमा एक पत्रकारले सोधेको प्रश्नमा रिजालले यस्तो बताएका हुन् ।

वडा नम्बर १६ को कार्यालयको २ सय मिटर नजिकै थुप्रिएको फोहोरको बारेमा पत्रकारले प्रश्न गरेका छन् । आक्रामक शैलीमा प्रस्तुत भएका रिजालले व्यङ्ग्यात्मक शैलीमा पत्रकारलाई उल्टै प्रतिप्रश्न गर्दै  उनले भनेका छन्, ‘ओहो कति राम्रो प्रश्न । तपाईँ चौथो अङ्ग है । पत्रकार तपाईँलाई मेरो प्रतिप्रश्न तपाईँहरू नियम कानून पढ्ने गर्नु भा छ कि छैन ? काठमाडौंको कति वटा विभाग छन् थाहा छ तपाईँलाई ? वडा अध्यक्षको काम कर्तव्य विभाग र वातावरण विभागको काम कर्तव्य विभाग के हो ? वडा अध्यक्षले फोहोर उठाउने हो ? नीतिले फोहोर उठाउने हो । नीति कहाँ बन्छ कार्यपालिकामा बन्छ । कार्यपालिको अध्यक्षता कसले गर्नुहुन्छ ? मेयर साबले गर्नु हुन्छ । उहाँको अध्यक्षतामा बनेको कमिटीले उठाउने हो की !’

उनको यो अभिव्यक्तिपछि मेयर साहका समर्थकहरूले सामाजिक सञ्जालमा स्वतन्त्र मेयरलाई असफल बनाउने खेल सुरु भएको भन्दै आलोचना गरिरहेका छन् ।

Comments

3 responses to “वडाअध्यक्ष रिजाल भन्छन्- फोहोर व्यवस्थापनको काम वडाअध्यक्षको होइन, मेयर नेतृत्वको कमिटीको हो”

  1. ksp pyl Avatar
    ksp pyl

    फाेहाेर उठाउने काम मेयरकाे हाे तर फाल्ने ठाउँकाे व्यवस्था र लैजाने बाटाे बनाउने जिम्मा देउवा र झाक्रीकाे हाे, तिम्रा नेताकाे ।

  2. माधव प्रसाद पौडेल Avatar
    माधव प्रसाद पौडेल

    यो वडा अध्यक्ष रिजाल को गैर जिम्मेवारीपुर्ण जवाफ हो, फोहोर यस्को उस्को होइन सबै जना मिलेर हटाउनु पर्छ।

  3. rajendra kumar thapa Avatar
    rajendra kumar thapa

    वोडा अध्यक्ष्यकै जिम्मेवारी हो ाआफ्नो टोलमा साफ सफाई सडक पानी बाटो ढल स्वास्थ शिक्षा सुरक्षा को लागि नै वोडा निकाय जनताले छानेको हो र संबिधानले ब्यबस्थापन गरेको हो । शहरको सामुहिक स्रोत योजना ब्यबस्थापन समन्वय भने मेयर कार्यालय को हो । उसलाई स्रोत सहयोग ब्यवस्थापन भने सरकारको हो । यस्ता ओडा अध्यक्ष्यहरु कै कारण दलहरुको बेज्जत बढेको हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *