५० किलो गाँजासहित अटो चालक पक्राउ

हेटौँडा । ५० किलो गाँजासहित एक अटो चालक मकवानपुरबाट पक्राउ परेका छन्।

हेटौँडा उपमहानगरपालिका–१० राप्तीरोडबाट करिब ५० केजी ४ सय ग्राम अवैध लागू औषध गाँजासहित भारत सितामणि थानाबेला–१० नोचा बस्ने ३७ वर्षीय राजेश चौधरीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो।

बस्तिपुरबाट हेटौँडा बजारतर्फ जाँदै गरेको ना२ह १५०८ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोको पछाडि भागमा बोरामा लुकाई ल्याएको उक्त परिमाणको लागू औषध फेला पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *