पन्जाबी गायक मुसेवालाको हत्यारा खोज्दै दिल्ली प्रहरी काठमाडौंमा

काठमाडौं। चर्चित पन्जाबी गायक सिद्धु मुसेवालाको हत्यारा खोज्दै दिल्ली प्रहरी काठमाडौं आइपुगेको छ। स्रोतका अनुसार केही दिनयता दिल्ली प्रहरीको विशेष टोली काठमाडौंमा रहेको छ।

भारतीय सञ्चार माध्यमहरूले पनि भारतीय प्रहरी मुसेवालाको हत्यारा खोज्दै नेपालमा रहेको उल्लेख गरेका छन्। इन्डिया टुडेले पनि त्यसबारे सामग्री प्रसारित गरेको छ।

पन्जाबको मनासा जिल्लास्थित जवाहरेक गाउँमा आइतबार साँझ २८ वर्षीय मुसेवालाको गोली हानी हत्या भएको थियो। मुसेवालालाई ३० राउन्ड गोली प्रहार भएको प्रहरी अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। मुसेवाला हत्याको जिम्मा लरेन्स बिश्नोई ग्याङस्टरले लिएको छ।

कांग्रेस आईबाट गत विधान सभामा चुनाव लडेका मुसेवाला आम आदमी पार्टीसँग पराजित भएका थिए। सुरक्षा चुनौती रहेको भन्दै मुसेवालाका लागि सुरक्षाकर्मी खटाइए पनि फिर्ता बोलाइएको भोलिपल्ट मात्र उक्त घटना भएको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *