काठमाडौं । अदालतले एक करोड रुपैयाँ जरिवाना र एक महिना कैद सजाय सुनाइएका फरार व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका १ का ४८ वर्षीय रामेश्वर चौलागाई रहेका छन् ।
उच्च अदालत पाटनले उनलाई बैङ्किङ कसुर मुद्दामा यही ४ वैशाखमा एक करोड रुपैयाँ जरिवाना र एक महिनाको कैद सजाय गरेको थियो ।
उक्त फैसलापछि फरार रहेका चौलागाईंलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष टोलीले भिमसेनगोलाबाट पक्राउ गरेको हो ।
पक्राउ परेका चौलागाईलाई फैसला कार्यान्वयनका लागि अदालतमा उपस्थित गराइएको छ ।

Leave a Reply