नेपाल आज डटकमलाई सूचीकरणबाट हटाउने प्रेस काउन्सिलको निर्णय

काठमाडौं । प्रेस काउन्सिल नेपालले नेपाल आज डटकम अनलाइनलाई सूचीकरणबाट हटाउने निर्णय गरेको छ ।

विभिन्न विषयमा पटक पटक सन्दिग्ध समाचार सामग्री सम्प्रेषण भएको विषयमा परेका उजुरी र अनुमगनबाट समेत पुष्टि भएकाले सूचीकरणबाट हटाउने निर्णय भएको काउन्सिलले जनाएको छ ।

विगत २ वर्षदेखि व्यक्तिगत जीवनमा आँच आउने गरी कार्यालयको ल्याण्डलाइनबाट पटक पटक फोन गरी हैरानी दिने गरेको, गलत अपुष्ट स्रोतको हवाल दिँदै प्रायोजित र एकपक्षीय सामग्रीहरू सम्प्रेषण गर्ने गरेको र व्यक्तिगत चरित्रहत्या हुने किसिमबाट पत्रकारिता पेसाको चरम दुरुपयोग गर्दै आएको देखिएको भन्दै काउन्सिलले सूचीकरणबाट हटाउने निर्णय गरेको हो ।

यस्तो छ काउन्सिलको विज्ञप्ति

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *