सङ्घीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समिति गठन

काठमाडौं । राष्ट्रियसभाको बैठकले सङ्घीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समिति गठन गरेको छ ।

शुक्रबार बसेको राष्ट्रियसभाको बैठकले सांसद डा. खिमलाल देवकोटाको संयोजकत्वमा सांसदहरु प्रकाश पन्थ, उदयबहादुर बोहोरा, डा विमला राई पौडेल, रामचन्द्र राई, मायाप्रसाद शर्मा र प्रमिलाकुमारी सदस्य रहेको समिति गठन गरेको हो ।

यही जेठ १९ गतेको राष्ट्रियसभा बैठकबाट सर्वसम्मत स्वीकृत सङ्कल्प प्रस्तावमा उल्लेख भएअनुसार सङ्घीयता कार्यान्वयन सम्बन्धमा राजनीतिक, वित्तीय, प्रशासनिक, संरचनागतलगायत सबै पक्षको अध्ययन गरी राष्ट्रियसभामा प्रतिवेदन पेश गर्न सो विशेष समिति गठन गरिएको राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिए । उक्त विशेष समितिको कार्य अवधि कार्य प्रारम्भ गरेको मितिले चार महिना हुने उनले बताए ।

सभाका अध्यक्ष तिमिल्सिनाद्वारा प्रस्तुत उक्त नामावलीसहितको समिति गठनको प्रस्तावलाई बैठकले सहमति जनाएको हो ।

Comments

One response to “सङ्घीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समिति गठन”

  1. ramesh kurmar bhandari Avatar
    ramesh kurmar bhandari

    आ व ०७९/८० बजेटमा ऋण-अनुदान रकम रु.५५३अर्व र बिकाश खर्च चाही रु.३८०अर्व घटाई बाँकि ऋण रकम रु.१७३ अर्व अर्थमन्त्रीले कताहाले हजुर? कहिँ संघियता ले गर्दा चालु खर्च बढेर ऋण गरेको सबै रकम विकास गर्न सरकारले खर्च गर्न सकेन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *