काठमाडौं जेसीजको सप्ताहव्यापी कार्यक्रम घोषणा

काठमाडौं । काठमाडौं जेसीजले सप्ताहव्यापी कार्यक्रमहरू घोषणा गरेको छ । जेसीज सप्ताहअन्तर्गत विभिन्न सात कार्यक्रमहरु घोषणा गरिएको हो ।

घोषित कार्यक्रममा जेठ २० गते लागुऔषध दुर्व्यसनीविरुद्ध सचेतना कार्यक्रम हुनेछ । अस्कल कलेजमा हुने सो कार्यक्रममार्फत युवाहरूलाई दुर्व्यसनमा नलाग्न सचेतना अभिवृद्धि गरिने काठमाडौं जेसीजका अध्यक्ष अनुप सुनुवारले जानकारी दिए ।

त्यस्तै जेठ २१ गते रक्तदान, जेठ २२ गते वृक्षारोपण, जेठ २४ गते वृद्धाश्रम भ्रमण एवं सहयोग, जेठ २६ गते ट्राफिक सचेतना कार्यक्रम, जेठ २८ गते सरसफाइ कार्यक्रम र असार ४ गते महिला हिंसाविरुद्ध विशेष अन्तरक्रिया कार्यक्रम हुने बताइएको छ ।

अध्यक्ष सुनुवारका अनुसार जेसीज सप्ताहअन्तर्गत हुने हरेक कार्यक्रमले फरक विषय र क्षेत्रलाई समेट्नेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *