काठमाडौं । पछिल्लो समय सेयर बजार निरन्तर घट्दै गइरहेको छ । बजार घटेर २१ सय अंकमा आएको छ । आज सेयर बजार ७.२१ ले घटेर २१३० मा झरेको छ । हिजो पनि ३५.५३ अंकले बजार घटेको थियो ।
नयाँ बजेटले पुँजी बजार सुधार्ने विषय समेट्दा पनि सेयर बजार भने निरन्तर घटिरहेको छ । आज २ सय २७ वटा कम्पनीको २ अर्ब ७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

Leave a Reply