काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले सांसदवाद नस्वीकारेको दाबी गरेका छन् ।
बहुदलीय प्रतिस्पर्धालाई स्वीकार्नुको अर्थ संसद्वादी बन्नु नभएको उनले बताए ।
पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिँदै प्रचण्डले क्रान्तिलाई नयाँ ढंगले अघि बढाउन यो प्रक्रियामा जोडिएको बताए ।
उनले भने, ‘हामीले बहुदलीय प्रतिस्पर्धालाई स्वीकारेका हौँ, संसदवादलाई होइन । क्रान्तिलाई नयाँ ढंगले अघि बढाउनका लागि यो प्रक्रियालाई सदुपयोग गर्नुपर्छ मात्र भनेका हौँ ।’
तर, पार्टीको कार्यशैली घोषित उद्देश्यअनुरूप नभएको प्रचण्डले गुनासो गरे ।

Leave a Reply