मिरुना र फुर्बाबीच सहमति, दुवैले गरे क्षमायाचना (तस्बिरहरु)

काठमाडौं । ब्याड टच प्रकरणमा नायिका मिरुना मगर र आरोपि फुर्बा तामाङबीच समझदारी भएको छ । दुवैले आ–आफ्नो गल्ति स्वीकार गर्दै सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

चलचित्र ‘कबड्डी ४’ को टिमको रोहबरमा दुई पक्षबीच सहमति भएको हो । सहमतिपत्रमा फुर्बाले आफ्नो गल्ति स्वीकार गरी नायिकासँग माफी मागेको र नायिकाले भाइ सम्झेर माफी दिएको उल्लेख छ ।

मिरुनाले आफूबाट आकस्मिक प्रतिक्रिया जनाउने क्रममा भएको घटनाले सिंगो बौद्ध धर्माबलम्बी, भिक्ष, लामा समुदाय तथा सम्प्रदायप्रति पर्न गएको असरप्रति क्षमायाचना गरेकी छन् । दुवै पक्षका अभिभावकहरु छलफलमा बसी आगामी दिनमा यस विषयमा विवाद नगर्ने सहमति भएको छ ।

सहमतिपत्रमा साक्षीका रुपमा मिरुनाका तर्फबाट रामबाबु गुरुङ, दयाहाङ राई मणीराम पोखरेल, विजय बराल, सञ्जोग लाफा मगर, पशुपति राई र कालीप्रसाद बास्काेटा छन् । यस्तै, फुर्पाको तर्फबाट खेन्पो कमल भण्डारी मिङ्ग्युर तामाङ, राजु गुरुङ, कर्मा राप्के, हिस्से लुन्डुप लामाले हस्ताक्षर गरेका छन् ।

 

Comments

2 responses to “मिरुना र फुर्बाबीच सहमति, दुवैले गरे क्षमायाचना (तस्बिरहरु)”

  1. Rajendra yonjan Avatar
    Rajendra yonjan

    अनावश्यक ताण्डब छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्छ। नत्र ब्यापक बिरोध प्रदर्शन हुनेछ खेलाचि नगर् !!!!

  2. Nj Avatar
    Nj

    Jokers

Leave a Reply

Your email address will not be published. Required fields are marked *