पाठयपुस्तक वितरणमा भएको ढिलाइको छानबिन गर्न अखिल क्रान्तिकारीको सरकारसँग माग

काठमाडौं । विद्यालयमा पाठ्यपुस्तक पठाउन भएको ढिलाइप्रति आपत्ति जनाउँदै नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रन्तिकारीले त्यसको छानविन गर्न माग गरेको छ। अखिल क्रान्तिकारीले सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई मन्त्रालयमा पुगेर ज्ञापन पत्र बुझाएको हो ।

आवश्यक पर्दा निजी क्षेत्रको पनि सहयोग लिएर पाठ्यपुस्तक बुझाउन मन्त्री पौडेललाई बुझाइएको ज्ञापन पत्रमा माग गरिएको छ। विद्यालयमा पाठ्यपुस्तक पठाउन ढिलाइको कारण पत्ता लगाएर हेलचक्राइ वा बदनियतको छानबिन गरि दोषीउपर कारबाहीको गर्न संगठनका अध्यक्ष पञ्चा सिंहले हस्ताक्षर गरेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

केन्द्रले अझ पनि २० लाख पाठ्यपुस्तक छपाईको काम बाँकी रहेको भन्ने जानकारी पाएको भन्दै संगठनले पाठ्यपुस्तक बिना विद्यार्थीको अध्ययन पूर्ण हुन नसक्ने जनाएको छ ।

राज्यका सबै क्षेत्र तथा आवश्यक पर्दा निजि क्षेत्रको पनि सहयोग लिएर भए पनि यथाशक्य देशै भरिका विद्यार्थीलार्इ शैक्षिक सामाग्री पुर्याउने वातावरण बनाउन अखिल क्रान्तिकारीले विज्ञप्तीमार्फत नै माग गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *