काठमाडौं । काठमाडौं महानगरको वडा नम्बर ११ का अध्यक्ष हिरालाल तण्डुकारले ‘गोपनीयताको सपथ’ लिएका जनप्रतिनिधिले खुल्ला बैठक गर्नु कत्तिको उपयुक्त हुन्छ ? भनी प्रश्न गरेका छन् ।
महानगरको जारी कार्यपालिका बैठकमा तण्डुकारले फोहोर, ढल निकासलगायतका विषयमा धारणा राखेका थिए । आफ्नो भनाइ सक्ने क्रममा तण्डुकारले ‘सपथ गर्ने बेलामा गोपनीयता, अहिले बैठक गर्दा चैँ ओपनीयता भयो कि भएन ?’ भनी प्रश्न सोधेका थिए ।
सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले पद तथा गोपनीयताको सपथ लिने प्रचलन रहेको छ । खुल्ला बैठक गर्दा कार्यपालिकाको गोपनीयता भंग हुनसक्ने सन्दर्भमा उनले सो कुरा राखेका हुन् ।

Leave a Reply