कैलाली । तारा एयरको विमान दुर्घटनामा परेर ज्यान गुमाएकाहरुको शव संकलन भइरहेको छ । थासाङ गाउँपालिकाका अध्यक्ष प्रतिप गौचनले अझै पुरै शव नभेटिएको बताएका छन् ।
उनका अनुसार अहिलेसम्म १५ शव घटनास्थलबाट सुरक्षित ठाउँमा लगिएको छ । तीमध्ये ४ वटा पहिचान गर्न नसकिने अवस्थामा छ ।
‘केही इन्जिनमा च्यापिएकाले शव निकाल्न समय लागेको छ’, उनले भने ।

Leave a Reply