पंजाबी गायक सिद्दु मुसेवालाको गोली हानी हत्या

काठमाडौं । छिमेकी मुलुक भारतका प्रख्यात पंजाबी गायक तथा कांग्रेस नेता शुभदिप सिहं उर्फ सिद्दु मुसेवालाको गोली हानी हत्या गरिएको छ ।

पंजाबको मानसा जिल्लामा गए राती अज्ञात समुहले हमला गर्दा उनको मृत्‍यु भएको भारतिय संचार माध्यमहरुले जनाएका छन् ।

पंजाब सरकारले उनलाई दिएको सुरक्षा हटाउने निर्णय गरेको १ दिन पछाडिनै उनको हत्या भएको हो । सिद्दुले अघिल्लो विधान सभा चुनावमा कांग्रेसको तर्फबाट चुनावसेमत लडेका थिए।

सिद्दुको हत्या भएसँगै पंजाब सरकारको गैर जिम्मेवारीपूर्ण निर्णयको कारण उनको हत्या भएको भनि भगवन्त मान नेत्र्त्वको पंजाब सरकारको चर्को आलोचना भइरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *