निरपेक्ष गरिबीको रेखामुनि रहेका दलित समुदायले विनाधितो कर्जा पाउने

काठमाडौं । सरकारले निरपेक्ष गरिबीको रेखामुनि रहेका दलित समुदायका व्यक्तिलाई सीपमूलक तालिम सञ्चालन गर्न विनाधितो कर्जा उपलब्ध गराउने भएको छ ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो जानकारी गराएका हुन् । बजेट वक्तव्यमा भनिएकाे छ, ‘निरपेक्ष गरिबीको रेखामुनि रहेका दलित समुदायका श्रमयोग्य जनशक्तिलाई सीपमूलक तालिम दिई स्वरोजगार बनाउन परम्परागत पेशा, ज्ञान, सीपमा आधारित व्यवसायका अतिरिक्त अन्य व्यवसाय सञ्चालनका लागि प्रोत्साहनस्वरुप बीउ पूँजीसहित विनाधितो सहुलियत ऋण उपलब्ध गराइने छ ।’

Comments

One response to “निरपेक्ष गरिबीको रेखामुनि रहेका दलित समुदायले विनाधितो कर्जा पाउने”

  1. Prakash Rijal Avatar

    Dalit bhanera rajniniti garne ? Nirapchha garib nepali janata bhanna saknu Huna tapai, ki garib sabai taha ratpka ma chhainan ra mantri ju,dherai rajniti na sikaunu huna binamra anurodha hajur mantri saheb lai

Leave a Reply

Your email address will not be published. Required fields are marked *