काठमाडौं । पोखराबाट जोमसोम उडानका क्रममा हराइरहेको तारा एयरको विमान खोज्न पोखराबाट नेपाली सेनाको हेलिकप्टर त्यसतर्फ प्रस्थान गरेको छ ।
यद्यपि खराब मौसमका कारण हेलिकप्टर उडानमा असर परेको छ ।
पोखरा विमानस्थलबाट हेलिकप्टरमा नेपाली सेनाका जर्नेल बाबुराम श्रेष्ठ नेतृत्वको टोली त्यसतर्फ गएको हो । पोखराबाट मुस्ताङको जोमसोमका लागि बिहान ९ बजेर ५५ मिनेटमा उडेको तारा एयरलाइन्सको विमान सम्पर्कविहीन भएसँगै त्यसको खोजीकार्यलाई जारी छ ।
यसअघि विमान खोज्न परिचालन गरिएको फिस्टेल एयरको हेलिकप्टर प्रतिकूल मौसमका कारण जोमसोम फर्किएको थियो ।
यसैबीच नेपाली सेनाले सम्भावित दुर्घटना क्षेत्र मुस्ताङको लेते भएको बताएको छ ।
स्थलगत रूपमा पनि खोजी जारी रहेको भन्दै सैनिक खराब मौसम र कमजोर भिजिविलिटीका कारण हेलिकप्टर त्यसतर्फ पठाउन नसकिरहेको बताएको छ ।

Leave a Reply