कैलाली । नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।
धनगढी उपमहानगरपालिका-३ मा पर्ने मोहना नदीको चटकपुर-राजघाट जोड्ने पुलमुनि पौडी खेलिरहेका दुई बालकको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
मृत्यु हुनेमा धनगढी-३ का साढे ९ वर्षीय अनुप चौधरी र १२ वर्षीय विष्णु गुप्ता छन् ।

Leave a Reply