काठमाडौं । पोखरा विमानस्थलबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन हुनुअघि समिट एयरका दुईवटा विमान सकुशल अवतरण भएको पाइएको छ ।
पोखरा विमानस्थल प्रमुख विक्रम गौतमले ताराअघि समिटका दुईवटा विमानले आइतबार पोखराबाट जोमसोमका लागिउडान भरेको बताए। ‘यो आजको तेस्रो फ्लाइट थियो । ताराको भने पहिलो थियो । समिट एयरका दुईवटा विमान जोमसोममा अवतरण भइसकेका थिए’, गौतमले भने ।
बिहान ९ः५५ मिनेटमा पोखरा विमानस्थलबाट उडेको तारा एयरको विमान मुस्ताङको लेते क्षेत्रमा पुगेपछि सम्पर्कविहीन भएको थियो । मुस्ताङको न्याउरीकोट क्षेत्रमा हराइरहेको आशंका गर्दै त्यस क्षेत्रमा खोजी कार्यलाई तिव्र पारिएको छ ।
जमिन र हवाई दुवै क्षेत्रबाट विमानको खोजी भइरहेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता देवचन्द्रलाल कर्णले जानकारी दिए ।
हराइरहेको क्षेत्र आशंका गरिएको ठाउँमा बाक्लो कुहिरो भएका कारण खोजी कार्यमा समस्या भइरहेको उनले जानकारी दिए ।

Leave a Reply