ब्याटिङले अमेरिका र ओमानविरुद्धको श्रृङखला जिताउनेमा विश्वस्त कप्तान सन्दीप

काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले अमेरिका र ओमानसँगको एक दिवसिय श्रृङखला नेपालको ब्याटिङकै कारण जित्ने प्रतिक्रिया दिएका छन् ।

‘केहि खेल यता हाम्रो ब्याटिङ त्रिवी क्रिकेट मैदानमा जस्तो विदेशमा गएर खेल्दा देखिएको छैन, सबैजनाले त्यसलाई सुधार्न त्यत्तिकै मिहेनत गरेका छौं । नेपालमा पनि हामीले सिरिजहरु खेल्यौं त्यसमा बलिङ अथवा ब्याटिङ दुवै पक्षमा हाम्रो रिदम फिर्ता आइरहेको छ । म पूर्णरुपमा विश्वस्त छु अमेरिकामा चारवटा खेल हामीलाई ब्याटिङले नै जिताउँछ’, उनले भने ।

नेपालले जुन नौ देखि १५ सम्म आईसीसी क्रिकेट विश्वकप लिग २ अन्र्तगत अमेरिकामा ओमान सम्मेलित त्रिदेसिय एकदिवसीय श्रृङखला खेल्दैछ । त्यसका लागि नेपाली टिम आज अमेरिका प्रस्थान गरिसकेको छ ।

अमेरिका जानु अघि विदाई कार्यक्रममा बोल्दै कप्तान सन्दीपले नेपाली टिम सन्तुलित रहेको र जस्तोसुकै चुनौतिका लागि पनि तयार रहेको बताए ।

‘हामीले सारजहामा खेलिसकेका छौं, अमेरिकाको पिच त्यस्तै छ । ‘हिम्युडिटि’ अलि बढि छ त्यो चाहि चुनौति हुन सक्छ । तर हामी सबैले जस्तोसुकै परिस्थितीमा पनि खेल्न सक्ने गरि मिहेनत गरेका छौं । हाम्रो टिम एकदमै सन्तुलित छ । र, पक्कैपनि हामी सबै चुनौतिका लागि तयार छौं, सन्दीपले थपे ।’

त्रिदेसीय श्रृङखलाका लागि नेपाली टिमः

सन्दीप लामिछाने, आसिफ शेख, कुशल भुर्तेल,आरिफ शेख, दिपेन्द्र सिंह ऐरी, रोहित कुमार पौडेल, देव खनाल, सुसन भारि, सुनिल धमला, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, मोहमद आदिल अलाम, सागर ढकाल, किसोर महतो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *