सर्वोच्चले फैसला उल्टाएको भोलिपल्टै पक्राउ परे पूर्व डीआईजी रञ्जन कोइराला

काठमाडौं । सशस्त्र प्रहरी बल-एपीएफका पूर्व डीआईजी रञ्जन कोइराला पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कोइरालाले काठमाडौंबाट पक्राउ गरेको हो।

सर्वोच्च अदालतले बिहीबार आफ्नै फैसला उल्टाउँदै कोइरालालाई सर्वस्वसहित जन्मकैद गर्ने उच्च अदालतको फैसला सदर गरेको थियो।

त्यसअघि सर्वोच्च अदालतले जन्मकैदलाई ८ वर्ष ६ महिनामा झारेपछि कोइराला गत असारमा छुटेका थिए।

आफ्नै श्रीमतीको हत्यामा दोषी ठहर गर्दै उनलाई जिल्ला र उच्च अदालतले सर्वस्वसहित जन्मकैद सुनाएका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *