पेट्रोलियम पदार्थमा १० रुपैयाँ कर घटाउन मन्त्रिपरिषद्ले दियाे सैद्धान्तिक सहमति

काठमाडौं । सरकराले पेट्रोलियम पदार्थको कर घटाउने भएको छ । सरकारले प्रतिलिटर १० रुपैयाँ कर घटाउन लागेको हो ।

अर्थ मन्त्रालयका अनुसार केही दिनअघि बसेको बैठकले पेट्रोलियम पदार्थको भन्सारमा लाग्ने कर घटाउन सहमति दिएको हो । मन्त्रालय स्रोतका अनुसार बजेटमा १० रुपैयाँ कर घटेर आउने छ । कुन कुन शीर्षकमा कर घटाउने भन्ने निर्णय भने हुन बाँकी छ ।

कर घटाउने प्रस्ताव भने मन्त्रिपरिषदमा आपूर्ति मन्त्रालयले लगेको हो । आपूर्ति मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले सैद्धान्तिक स्वीकृति दिइसकेको छ । भन्सार र पूर्वाधार कर ५/५ रुपैयाँ घटाउने विषय अघि बढेको छ ।

कति लाग्छ कर ?

निगमले सरकारलाई १ लिटर पेट्रोलमा २५ रूपैयाँ २० पैसा भन्सार शुल्क, ०.०२५ रूपैयाँ भन्सारको सेवा शुल्क, ४ रूपैयाँ सडक मर्मत शुल्क र १.५० रूपैयाँ प्रदूषण शुल्क, १० रूपैयाँ पूर्वाधार कर र १२ रूपैयाँ ६५ पैसा मूल्य अभिवृद्धि करको रूपमा बुझाउनुपर्छ । उपभोक्ताले अहिले १ लिटर पेट्रोल खरिद गर्दा ५४ रूपैयाँ ४७ पैसा सरकारलाई कर तिर्नुपर्छ ।

डिजेलमा सरकारले ३७ रूपैयाँ कर लिन्छ । उपभोक्ताले १ लिटर डिजेल खरिद गर्दा १२ रूपैयाँ भन्सार कर, ०.०२५ रूपैयाँ भन्सार सेवा शुल्क, २ रूपैयाँ सडक मर्मत शुल्क, ०.९३ रूपैयाँ पीएसएफ र १०.६९ रूपैयाँ भ्याट सरकारलाई बुझाउनुपर्छ ।

निगमले उपभोक्तासँग पेट्रोलको मौज्दात ब्याज खर्चका लागि १५ पैसा, निगमको प्रशासनिक खर्चका लागि ६८ पैसा, निगमको प्राविधिक नोक्सानीका लागि १२ पैसा, ह्रास खर्चका लागि १ रूपैयाँ ७२ पैसा र निगमको विभिन्न खर्चवापत ४ रूपैयाँ ५७ पैसा कर लिने गरेको छ ।

यी सबै शुल्कहरू उपभोक्ताबाटै प्रत्यक्ष लिने गरिएका कारण निगमले किन्दा सस्तोमा आएको पेट्रोलियम पदार्थ उपभोक्ताले किन्दा महंगो पर्दै आएका छ ।

Comments

One response to “पेट्रोलियम पदार्थमा १० रुपैयाँ कर घटाउन मन्त्रिपरिषद्ले दियाे सैद्धान्तिक सहमति”

  1. अच्युत रञ्जित Avatar

    मन्त्रिपरिषद्काेकाेनिर्णय स्वागत योग्य छ। यस निर्णयको लागि धन्यवाद! बिभिन्न कर शिर्षक मध्ये यी २ शिर्षक मा १ पुर्वाधार कर र २ बिभिन्न खर्च काे कर हटाएमा अती राम्रो हुन्छ भन्ने मेराे सुझाव हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *