वाइल्ड कार्डबाट खेलिरहेकी जिनजियानसँग पराजित भएर बाहिरिन् पूर्व विश्व नम्बर एक प्लिसकोभा

पेरिस । पूर्व विश्व नम्बर एक कारोलिना प्लिसकोभा वर्षको दोस्रो ग्रान्डस्लाम टेनिस फ्रेन्च ओपनको दोस्रो चरणबाटै बाहिरिएकी छिन्।

वाइल्ड कार्ड पाएर खेलिरहेकी लियोलिया जिनजियानसँग पराजित हुँदै प्लिसकोभाको यात्रा समाप्त भएको हो। विश्व वरियतामा २ सय २७ औँ स्थानमा रहेकी २६ वर्षीया जिनजियानले चेक गणतन्त्रकी प्लिसकोभालाई ६-२ र ६-२ को सोझो सेटमा पराजित गरिन्।

विम्बल्डनमा गत सिजन फाइनल पुगेकी प्लिसकोभा हाल वरियतामा ८ औँ नम्बरमा थिइन्। फ्रेन्च खेलाडी जिनजियानलाई खेल जित्न केवल ७५ मिनेट मात्र लागेको थियो।

यसअघि पहिलो चरणमा दोस्रो वरियताकी बारबोरा क्रसिकोभा, पाचौँ वरियताकी आनेट कोन्टाभैट, छैटौँ वरियताकी अन्स जाबेयर र १० औँ वरियताकी गार्बिन मुगुरुजाले हार ब्यहोरेका थिए। ३० वर्षीय प्लिसकोभा यूएस ओपनमा सन् २०१६ मा फाइनलसम्म पुगेकी थिइन्। उनले हालसम्म ग्रान्डस्लाम उपाधि जित्न सकेकी छैनन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *