सर्वाेच्चको ठूलो फैसला– निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन नपाइने

काठमाडौं । सर्वोच्च अदालतले बारामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सरकारका अहिलेसम्मका सबै काम कारबाही तथा निर्णयहरु बदर गरिदिएको छ ।

न्यायाधीश हरिकृष्ण कार्की, ईश्वर खतिवडा, विश्वम्भर श्रेष्ठ, प्रकाशमानसिंह राउत र मनोजकुमार शर्माको बृहत पूर्ण इजलासले बिहीबार सो फैसला गरेको हो । अदालतले बैंकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल चाहिने भए अन्यत्र खोज्न आदेशसमेत दिएको छ ।

अदालतको यो फैसलासँगै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रिय गौरवको आयोजना प्रभावित भएको छ ।

वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा र रञ्जुहजुर पाँडेले दायर गरेको रिटमा अदालतले आज अन्तिम फैसला गरेको हो ।

Comments

7 responses to “सर्वाेच्चको ठूलो फैसला– निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन नपाइने”

  1. nagendra Avatar
    nagendra

    सरकार मात्र भनेको सर्बोच्च पनि Comfortable भएको रहेछ !!!

  2. Padam Avatar
    Padam

    Why can’t make airport at nijgad?

  3. बासु वाग्ले Avatar

    राज्यको ३ अरब भन्दा बढि लगानि, नेताहरुको चुनाबि मुद्दा, जनताहरु लाई देखाईएको सपना, जग्गा माफिया हरुले कमाएको र कमाउन बाकिं माध्यम र फास्ट ट्रयाक सगं जोडिएको सम्बन्ध छ निजगढ ईन्टरनेस्नल एअरपोर्ट को। केहि दुर्बल पक्ष भए पनि सबल पक्ष हावि हुने बिकास कार्यका लागी, सर्वोच्च अदालतको एकै क्षणको भावनात्मक निर्णय अलि बढि नै निराशाजनक छ। यस निर्णयलाई पुनरावलोकन गरि, यथाशिघ्र एअरपोर्ट निर्माणको कार्यलाई गति प्रदान गरियोस।

    1. Khimlal Bhandari Avatar
      Khimlal Bhandari

      Desh ko Gaurav ko airport banne kura ma sabai ko sahamati hunu parne ho ,yeti dherai lagani bhai sake paxi ahile aayera banda garinu dukhad pakxa ho

  4. माधव Avatar
    माधव

    अब आउ राज गर भन्न मात्रै बाँकी छ कम्फरटेवल सरकारले

  5. Nima pongsuwa Avatar

    ठिक गर्‍यो अदालतले । त्यहाँ एयरपोर्ट बनाउने नाममा जग्गा माफियसंगको चलखेल कमिसन,त्यहाँका खरबौको रुख बनसंग मिलेमतोमा कता गायब हुनेछ । त्यहीँ बनाउनुपर्ने त्यो पनि जंगल फडानी गरेर । त्यस भित्र लुकेको खरबौको कमिसन आर्थिक चलखेल त रोकियो नि

  6. लाल राई Avatar
    लाल राई

    वन फडानी गरेर सत्यनास् पार्याे अहिले आएर अदालतले बदर गर्छ,याे कुन ताल हाे ? विकास जस्ताे काम किन राेक्या हाेला ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *