लयमा फर्कियाे राहदानी विभाग, आइतबार पनि कार्यालय खुल्ने

काठमाडौं । सार्वजनिक बिदाको दिन आइतबार पनि राहदानी विभाग खुल्ने भएको छ। विभागले बिहीबार एक सूचना जारी गर्दै
१५ गतेबाट आइतबार पनि विभाग खुल्ने जनाएको हो ।

राहदानी विभागमा सेवाग्राहीको चाप बढिरहेकाले आइतबारदेखि अर्को व्यवस्था नभएसम्म प्रत्येक हप्ताको आइतबार बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म विभाग खुला रहने विभागले जनाएको छ ।

जारी सूचनामा भनिएको छ,‘विद्युतीय राहदानी सहज रुपमा उपलब्ध गराउने नेपाल सरकारको नीति तथा कार्यक्रम रहेको सन्दर्भमा राहदानी विभागमा सेवाग्राहीको चाप उल्लेखनीय रुपमा बढिरहेकोले सार्वजनिक बिदाको दिन समेत राहदानी सेवा प्रदान गरी सेवाग्राहीहरुलाई सहज र सरल तवरले राहदानी उपलब्ध गराउन जेठ १५ गते आइतबार देखि अर्को व्यवस्था नभएसम्म प्रत्येक हप्ताको आइतबार बिहान १० बजे देखि अपरान्ह ०४ बजेसम्म विभाग खुल्ने र राहदानीको लागि आवेदन दिई सम्बन्धित दिनको मिति र समय बुकिङ गर्नुहुने सेवाग्राहीहरुलाई उक्त समयमा विभागले राहदानी सम्बन्धी सेवा प्रदान गर्न गैरहेको व्यहोरा अनुरोध छ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *