सरकारले गर्‍यो पाँच सचिवको सरुवा

काठमाडौं । सरकारले पाँच सचिवको सरुवा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र निकायमा कार्यरत प्राविधिकतर्फका पाँचजना सचिवको सरुवा गरेको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठको राष्ट्रिय सर्तकता केन्द्रमा, खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत मणिराम गेलालको खानेपानी मन्त्रालयमा, राष्ट्रिय सर्तकता केन्द्रका सचिव सुशिलचन्द्र तिवारीको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा र नेपाल ट्रष्टको कार्यालममा कार्यरत गोपालप्रसाद सिग्देलको भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा भएको छ ।

Comments

One response to “सरकारले गर्‍यो पाँच सचिवको सरुवा”

  1. ksp pyl Avatar
    ksp pyl

    भ्रष्टाचार गर्न मन्त्रीहरूकाे सेटिङ्मा गरिएकाे सरूवा । कमाउने भए काँग्रेसी र माओवादी अनि समाजवादीका मन्त्रीहरूले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *