एएफसी कप छनोटअघि नेपालले कतारमा दुई देशसँग मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले कतारमा दुई देशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

एएफसी एसियन कप २०२३ तेस्रो चरण छनोटका लागि बन्द प्रशिक्षण गर्न कतारमा पुगेको नेपाली टिमले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण खेल खेल्ने भएको हो ।

बुधबार कतार फुटबल एसोसियसनले सामाजिक सञ्जालमार्फत नेपालले टिमोर लिस्टे र ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने जनाएको हो ।
कतार फुटबलका अनुसार नेपालले मे २८ मा टिमोर लिस्टेसँग र जुन ३ मा ओमानसँग मैत्रीपूर्ण खेल खेल्नेछ । बन्द प्रशिक्षणका लागि नेपाली टिम बुधबार कतार प्रस्थान गर्दैछ ।

यसअघि एसिया कप छनोटको तयारीका लागि नेपालले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने तय भए पनि पछि रद्द भएको थियो । अफगानिस्तानले कतार आउन अस्वीकार गरेपछि उक्त खेल रद्द भएको एन्फाले जनाएको छ ।

एसिया कप छनोटका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले २३ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरिसकेका छन् ।

नेपाली टिमः
गोलकिपरः दीप कार्की, विशाल सुनार, टिकेन्द्रसिंह थापा
डिफेन्डरः विकास खवास, विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ, सुमन अर्याल
मिडफिल्डरः आकास बुढामगर, एरिक बिष्ट, निरकुमार राई, पुजन उपरकोटी, रोशन रानामगर, सन्तोष तामाङ, सेसेहाङ आङदेम्बे, सुनिल बल, सुरजजिउ ठकुरी
फरवार्डः आयुष घलान, दर्शन गुरुङ, जर्जप्रिन्स कार्की, मनिष डांगी र नवयुग श्रेष्ठ (कप्तान)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *