कांग्रेसको लोकप्रियता पुष्टि भयो, अब आम चुनावको तयारीमा लागौं : महामन्त्री थापा (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब पार्टी आमनिर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन् ।

बुधबार स्थानीय तहमा कांग्रेसका तर्फबाट विजयी जनप्रतिनिधिहरूलाई सम्मान गर्न कांग्रेस भक्तपुरले आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले कांग्रेसले स्थानीय निर्वाचनमा राम्रो सफलता प्राप्त गरेको भन्दै अब आम निर्वाचनको तयारीमा लाग्नुपर्नेमा जोड दिएका हुन् ।

‘स्थानीय निर्वाचनले कांग्रेसको लोकप्रियता बढेको पुष्टि गरेको छ । यसपटकको स्थानीय निर्वाचन आमनिर्वाचनको झल्को दिने खालको भयो । यसअघि एमालेले जिम्मेवारी पाउँदा पनि काम गर्न नसकेकोले अहिले हाम्रो राम्रो परिणाम आयो’, थापाले भने ।

महामन्त्री थापाले मुलुकमा नयाँ अध्याय सुरू भइसकेको भन्दै कसैको आलोचना नगरी अघि बढ्नुपर्ने बताए । अबको निर्वाचनमा उम्मेदवार चयनमा पार्टीले विशेष ध्यान दिनुपर्ने भन्दै उनले पार्टीले घोषणा गरेका कार्यक्रमलाई कार्यान्वयन गर्न गम्भीरतापूर्वक लाग्न जनप्रतिनिधिलाई आग्रह गरे ।

Comments

One response to “कांग्रेसको लोकप्रियता पुष्टि भयो, अब आम चुनावको तयारीमा लागौं : महामन्त्री थापा (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    गठबन्धनका अरूदलका भाेट चाेरेर, सत्ताकाे दुरूपयाेग गरेर २/४ सिट बढाउँदैमा काँग्रेस लाेकप्रिय ? के काम गरेकाे छ काँग्रेसले र जनताले मन पराउन ? देश लुटने भन्दा अरू कुनै काम गरेकाे छ काँग्रेसले ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *