गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणको बाँकी काम सम्पन्न गर्न सरकारले समन्वय गर्ने

काठमाडौं । बजेटका कारण अलपत्र परेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणको बाँकी काम सम्पन्न गर्न सरकारले समन्वय गर्ने भएको छ।

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान समन्वय गरी निर्माण सम्पन्न गरिने बताइन्।

धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण सुरु गरेको उक्त रंगशाला आर्थिक अभावमा अलपत्र परेको थियो।

यस्तै सरकारले धनगढीमा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान पनि निर्माण सुरु गर्ने भएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *