विद्युत् महसुल घट्ने

काठमाडौं । सरकारले ग्यासको खपत कम गर्न विद्युतको महसुल घटाउने भएको छ ।

सरकारले विद्युतीय बस्तु खपत वृद्धि गर्नका लागि सो योजना अगाडि सारेको हो ।

सरकारले प्रस्ताव गरेको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा प्रस्तुत गर्दै विद्युतको महसुल घट्ने बताएकी हुन् ।

नयाँ २५ हजार घरमा विद्युत् दिइने

सरकारले आगामी आर्थिक वर्ष थप २५ हजार घरमा विद्युत सेवा विस्तार गर्ने लक्ष्य लिएको छ ।

यस्तै ७१५ मेगावट विद्युत् राष्ट्रिय प्रसारण लाइन जोड्ने नीति पनि सरकारले लिएको छ ।

यस्तै नेपालमा भएका उद्योगहरुले भरतमा विक्री हुनेभन्दा सस्तोमा विद्युत पाउने भएका छन् ।

विदेश विक्री हुनेभन्दा औसत दरभन्दा कममा नेपाली उद्योगलाई विद्युत् पाउने भएका हुन् ।

Comments

2 responses to “विद्युत् महसुल घट्ने”

  1. sagar Avatar
    sagar

    gharayashi lai Rs.7/unit garnu paryo. ani matra janta lai rahat huncha ra khapat badcha.

  2. purna limbu Avatar

    उपभोक्ताको हित हुने गरी बिधुत महसुल घट्नु पर्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *