विराटनगर। प्रदेश १ सभाको १०औं बजेट अधिवेशन आव्हान गरिएको छ ।
मन्त्रिपरिषद् बैठकको सिफारिसबमोजिम प्रदेश १ का प्रमुख परशुराम खापुङले जेठ १६ गते सोमबार बिहान ११ बजेका लागि बजेट अधिवेशन आव्हान गरेका हुन् ।
प्रदेशसभालाई विजनेश दिन नसकेको आलोचना खेप्दै आएको प्रदेश १ सरकारले हिउँदे अधिवेशन गएको चैत १३ गते अन्त्य गरेको थियो ।
सातवटा प्रदेशमध्ये प्रदेश १ मात्र नामविहीन प्रदेश बनेको छ ।

Leave a Reply