भ्रष्टाचार गरेको आरोपमा पंजाबका स्वास्थ्यमन्त्री बर्खास्त

काठमाडौं । भारतको पंजाबका मुख्यमन्त्री भगवन्त मानले भ्रष्टाचार गरेको आरोपमा स्वास्थ्यमन्त्री विजय सिंगलालाई बर्खास्त गरेका छन् ।

भारतीय संचारमाध्यमहरुले जानकारी गराए अनुसार एक पारियोजनाका लागि सिंगलाले १ प्रतिशत कमिसन मागेको प्रमाण भेटेपछी मानले उनलाई बर्खास्त गरेका हुन् ।

भगवन्त मानको उक्त निर्णयलाई आम आदमी पार्टीका अध्यक्ष अरबिन्द केजरीवालले पनि स्वागत गरेका छन् ।

मानको उक्त निर्णय लगत्तै केजरिवालले ट्वीट गरेका छन् ,‘तपाईंमाथि गर्व छ भगवन्त, तपाईंको यो फैसलाले मेरो आँखा रसायो, पूरा देशले आज आम आदमी पार्टीमाथि गर्व गरिरहेको छ ।’ पंजाबमा अकाली दल र भारतिय कांग्रेसको ७० वर्षे लामो शासनलाई तोड्दै हालै मात्र आम आदमी पार्टीको सरकार गठन भएको थियो भने पंजाबको मुख्य मन्त्री नियुक्त भएसँगै भगवन्त मानले पंजाबमा भ्रष्टचार विरुद्ध कडा रुपमा प्रस्तुत हुने बताउँदै आएका छ्न् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *