काठमाडौं । शिक्षकले दुर्व्यवहार गरेको भन्दै चाबहिलस्थित सेन्ट लरेन्स कलेजका विधार्थी आन्दोलित भएका छन् । उनीहरूले शिक्षकमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन् ।
उनीहरूले कलेजमा ढुंगामुढासमेत गरेका छन् ।
काठमाडौं प्रहरी परिसर प्रवक्ता दिनेश मैनालीले घटनाबारे बुझ्ने काम भइरहेको बताए ।
‘गौशाला प्रहरी घटनास्थलमा पुगेको छ । के भएको हो भन्नेबारे बुझ्ने कामहरू भइरहेको छ’, एसपी मैनालीले नेपाल प्रेससँग भने।

Leave a Reply