यु १९ महिला टिमको कप्तानमा नियुक्त भइन् क्रितिका

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले यु १९ महिला टिमको कप्तानमा क्रितिका मरासिनीलाई नियुक्त गरेको छ । क्यानले यसअघि नै विश्वकप छनोटका लागि १७ खेलाडी छनोट गरेको छ । २०२३ मा अफ्रिकामा हुने विश्वकपको छनोटका लागि क्यानले खेलाडीको नामावली सार्वजनिक गरेको थियो ।

क्यानले सोमबार घोषणा गरेको टिममा किरण कुँवर, सोनु राजवंशी, टिका साह, सृष्टि धामी, साविधी धामी, एलिसा यादव, रन्जु श्रेष्ठ, अन्जली विक, हिरान्मायी रोय, एलिसा खडिया, क्रितिका मरासिनी, मिनिसा उपाध्याय, स्नेहा महरा, निसा साह, मिनिसा राना मगर, प्रतिमा साह, ज्योतिनिस्का मरासिनी र मनिषा चौधरी परेका छन् ।

छनोटमा नेपालसँगै मलेसिया, युएई, थाइल्यान्ड, चीन, भुटान, म्यानमार र कतार सहभागी हुन्छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *