विजयोत्सव मनाउन गाउँपालिकाभर सार्वजनिक बिदा

काठमाडौं । सप्तरीको रुपनी गाउँपालिकाले विजयोत्सव मनाउन भन्दै पालिकाभर सार्वजनिक बिदा दिएको छ ।

हालै सम्पन्न स्थानीय निर्वाचनमा विजयी भएका पदाधिकारीहरूको विजोत्सव मनाउनका लागि पालिका क्षेत्रका स्वास्थ्य संस्था, शिक्षण संस्थालगायत सरकारी तथा गैरसरकारी कार्यालय बिदा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरीले सूचनामार्फत जानकारी गराएका छन् ।

नवनिर्वाचित अध्यक्ष दिनेशकुमार यादवको आदेशअनुसार सार्वजनिक बिदा दिइएको सूचनामा उल्लेख छ ।

६ वटा वडा रहेको यस गाउँपालिकाको अध्यक्ष-उपाध्यक्षमा लोसपा विजयी भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *