धनगढीको मेयरमा गठबन्धनलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार हमाल विजयी, उपमेयरमा एमाले

कैलाली । सुदूरपश्चिम प्रदेशको एक मात्र धनगढी उपमहानगरपालिकामा प्रमुख र उपप्रमुख दुवै पदमा गठबन्धनका उम्मेदवारहरू पराजित भएका छन् ।

प्रमुखमा स्वतन्त्र उम्मेदवार बनेका गोपाल हमालले गठबन्धनका तर्फबाट उम्मेदवार भएका नृपबहादुर वडलाई पराजित गरेका हुन् । हमालले वडभन्दा १२ हजारभन्दा बढी मत पाएका छन् ।

उपप्रमुखमा भने एमाले उम्मेदवार कन्दकला रानाले गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी माओवादीकी शान्ति अधिकारीलाई पराजित गरेकी हुन् ।

मतगणना सकिएको छ । आधिकारिक घोषणा केही समयपछि गरिने बताइएको छ ।

Comments

One response to “धनगढीको मेयरमा गठबन्धनलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार हमाल विजयी, उपमेयरमा एमाले”

  1. ksp pyl Avatar
    ksp pyl

    गठबन्धन हार्याे एमालेले जित्याे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *